बैतडीका थुनुवा युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल



बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोनाभाइरस सक्रमण देखिएसँगै प्रहरी कार्यालय सिल गरिएको छ ।

शुक्रबार दिउँसो सुदूरपश्चिमका दुई जिल्ला डडेलधुरा र बैतडीमा एक–एक जना कोरोना संक्रमित पुष्टि भएको थियो । डडेलधुरा र बैतडीमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेका हुन् ।
शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०० नाघ्यो

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको हो ।

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरिएको बताए । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

तीन दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडीमार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

यसैगरी डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ५ सय २ पुगेको छ भने ७० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्