अमेरिकाले भारतलाई लगायो अलकायदासम्बद्ध एक आतंकबादीको जिम्मा



एजेन्सी : अमेरिकाले अल कायदाको एक ठूला आतंकवादी इब्राहिम जुबैरलाई भारतको जिम्मा लगाएको छ।

स्रोतका अनुसार जुबैरलाई विशेष उडानबाट अमृतसर ल्याइएको थियो। उनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।

हैदराबाद निवासी जुबैर अल कायदासँग सम्बद्ध थिए। उनका एक भाइ मुहम्मद अली फारुकी
पनि आतंककारी हुन्।

सन् २०१७ मा दुबैलाई अमेरिकी गुप्तचर एजेन्सीहरूले पक्राउ गरेका थिए। उनीहरूविरुद्ध आतंकबादलाई आर्थिक सहायता पुर्याएको लगायत विभिन्न आरोप अन्तर्गत मुद्दा दायर गरिएको थियो।

दोषी साबित भएपछि अदालतले फारुखीलाई २७ वर्षको सजाय सुनाइएको थियो भने जुवैरलाई ५ बर्षको सजाय सुनाइएको थियो। सजाय समाप्त भएपछि इब्राहिमलाई भारतको जिम्मा लगाइएको हो ।

आतंकवादी जुबैर पेशाले ईन्जिनियर हुन् । उनले हैदराबादको उस्मानिया विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ्गको डिग्री हासिल गरेका छन् ।

त्यसपछि उनी अमेरिका गए । त्यहाँ उनले अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट संरचनात्मक ईन्जिनियरिङमा स्नातकोत्तर डिग्री हासिल गरे । अमेरिकी युवतीसँग विवाह गरी अमेरिकाको नागरिकता प्राप्त गर्न सफल भएका जुबैरका भाई पहिलेदेखि नै अमेरिका बस्दै आएका थिए ।

दुबै भाईहरू अल कायदाका अन्वर अल-अवलाकीबाट धेरै प्रभावित थिए। दुबैले उनको भिडियो हेरी हेरी आतंकको बाटो रोजेका थिए। २०११ मा यमनमा अमेरिकी ड्रोन हमलामा अवलाकी मारिए।

प्रतिक्रिया दिनुहोस्