अभिनेत्री केकी अधिकारी भन्छिन्-‘हामी बदलामा हैन बलिदानमा विश्वास राख्छौं’



काठमाडौं : नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समाबेश गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा सार्वजनिक भएपछि भारत र भारतिय मिडियाहरुले नेपाललाई विभिन्न आरोपहरु लगाइरहेका छन् । यतिबेला नेपालको समर्थन गदै नेपाली कलाकर्मीहरु पनि विरोधमा उत्रिएका छन् ।

त्यस्तै अभिनेत्री केकी अधिकारीले पनि सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिएकी छन् । उनले लामो स्टाटस लेख्दै नेपालीको मन ठूला ठूला देश भन्दा पनि बिशाल छ, हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ भनेकी छन् । साथै सिमाको विषयमा हामी सबै नेपाली एक हुनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्