अब अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने



काठमाडौं : कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबारदेखि अनलाइन मार्फत लिन मिल्ने गरी विशेष सापटी सेवा सुरु गर्ने भएको छ । सञ्चयकर्तालाई सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उदेश्यले कोषले अनलाइनबाट सापटी लिन मिल्ने व्यवस्था गर्न लागेको हो।

अनलाइनबाट सापटी लिनको लागि सञ्चयकर्ता र सम्बन्धित कार्यालयको केवाईसी अद्यावधिक भएको हुनुपर्ने र अद्यावधिक नभएको कार्यालयले अनलाइनबाटै अद्यावधिक गर्न सकिने छ ।

अनलाइन प्रणालीबाट हाललाई २० हजारदेखि १० लाखसम्म विशेष सापटी माग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्