भ्रामक समाचार लेख्ने अनलाइनलाई काउन्सिलको चेतावनी, ७० वटा अनलाइन नेपालमा सञ्चालन नहुने गरी ब्लक



काठमाडौं– प्रेस काउन्सिल नेपालले भ्रामक समाचार लेख्ने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन–प्रसारण नहुने गरी ब्लक गरेको छ ।

प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन सबैलाई स्पष्टीकरणका लागिरजवाफ मागरसचेत र ध्यानाकर्षणका लागि पत्र काटेको हो ।

चैत ११ गतेदेखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै दर्ता नभएका र आचारसंहिता उल्लंघन गर्ने ७० वटा अनलाइन समाचार माध्यमलाई नेपालमा सञ्चालन हुन नसक्ने गरी ब्लक गरेको छ ।

काउन्सिलले ५९ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोध्दै जवाफ माग गरेको छ । २२ सञ्चार माध्यमलाई सचेत गराएको छ भने ४० सञ्चार माध्यमलाई आचार संहिता पालना गर्न निर्देशन दिएको छ । यस्तै १४ वटालाई ध्यानाकर्षण गराएको छ भने एउटा सञ्चारमाध्यमलाई अन्तिम चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्