एकैदिन ७५ जना कोरोना संक्रमित थपिए, संख्या ५ सय ९१ पुग्यो



काठमाडौं– शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।

तीमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्र २७ जना छन्। आज थपिएका बाँकी संक्रमितहरूमा सर्लाहीका १३, कविवस्तुका ११, रुपन्देहीका ११, बैतडीका ४, सुर्खेतका ३ र काठमाडौं, झापा, चितवन, बारा, गुल्मी र बर्दियाका एक–एक जना छन्।

शुक्रबार ५९ जना संक्रमित थपिएका थिए । नेपालमा ७० जना निको भइसकेका छन् भने कोरोना भाइरसको संक्रमण बाट ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्