चीनको सिआन–काठमाडौं रेल सेवा शुरु



काठमाडौं : चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि मालबहाक रेल सेवा शुरु भएको छ । सिआनको सिन्चु स्टेसनबाट ३ सय ९० टन सामग्री बोकेको मालबहाक रेल नेपालतर्फ प्रस्थान गरेको छ ।

रेलमा २६ व्यापारी समूहका करिब १६ करोड रुपैयाँका सामग्री नेपाल भित्र्ने छ । यसका लागि करिब १० दिन लाग्ने बताइएको छ । जसबाट पहिलेको समुद्री मार्ग कलकोत्ताबाट ढुवनी हुने समयमा ३५ दिन बचत हुने छ । मालबहाक रेलमा कपडा, जुत्ता, अटोपार्स र निर्माण सामग्री रहेका छन् ।

नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालय व्यापार तथा पारवहन सम्झौता भएपनि परीक्षणको रुपमा सान्सीबाट पहिलो पटक मालबहाक रेल नेपालतर्फ प्रस्थान गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाले जनाएको छ ।

रेल हिजो (शनिबार) नेपालको लागि छुटेको हो । त्यहाँबाट सडक मार्ग हुँदै ती सामग्री केरुङ र तातोपानी नाकाबाट नेपाल भित्रिने छ ।

सान्सी प्रान्तले दक्षिण एसिया लक्षित मालबहाक रेल सञ्चालन गरिरहेको यो पहिलो घटना हो । यसबाट चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभको गतिविधिले मूर्तरुप लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्