नयाँ सुरक्षा कानूनको विरोधमा हङकङमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार



काडमाडौं : चीनले घोषणा गरेको नयाँ सुरक्षा कानूनको विरोधमा हङकङमा प्रदर्शन सुरु भएको छ। प्रहरीले आज प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनलाई मध्यनजर गर्दै हङकङस्थित चिनियाँ प्रतिनिधि कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनले हङकङको अस्तित्व नै अन्त्य गर्न सक्ने भन्दै विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्