बारामा थप एक सुरक्षाकर्मीमा कोरोना पुष्टि



बारा : बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरेका हुन् ।

उनको जेठ ७ गते यही परीक्षण गरिएको थियो । तर संक्रमितको सूचीमा उनी सर्लाहीको देखिन गएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

कोरोना संक्रमित सुरक्षाकर्मी सर्लाहीका हुन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको पण्डितले बताए ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमध्ये दुई जना शनिबार डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्