जनकपुरका ३० जना सञ्चारकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ



जनकपुरधाम : कोरोना संक्रमित भएर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आईसोलेशनमा उपचाररत एकजना पत्रकार र पुस्तक व्यवसायीको सम्पर्कमा रहेको भनिएका ३० जना पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं टेकुमा गरिएको परीक्षणमा उनीहरु सबैजनाको थ्रोट र नेजल स्वाबको रिपोर्ट निगेटिभ आएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले बताए ।

जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा गत वैशाख ३० गते राती कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा जनकपुरका ३० जना सञ्चारकर्मीहरुको जेठ ५ गते स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।

वैशाख ३० गते राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा कोरोना संक्रमण रहेको बताइएको थियो ।

यसअघि संक्रमित सञ्चारकर्मी र पुस्तक व्यवसायीको परिवारका सबै सदस्यहरुको समेत पीसीआर रिपोर्ट नेगेटिभ आईसकेको थियो ।

काठमाण्डौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा जनकपुरका ४० बर्षिय पत्रकारको परिवारका ५ जना र ३५ बर्षिय पुस्तक व्यवसायीको परिवारका ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस्