नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने



काठमाडौं : कोरोनाभाइरसको संक्रमणबाट प्रभावित बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ। आज बसेको बाँके जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गरिने भएको छ ।

नरैनापुरको स्थितीलाई नियन्त्रणमा राख्नका लागि रातिदेखि गाउँपालिकामा निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने निर्णय गरेको हो । उक्त गाउँपालिकामा अहिलेसम्म १ सय १४ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्