भारतबाट नेपाल आयात हुने पेट्रोलिय पदार्थ लकडाउनले रोक्न सकेन



वीरगञ्ज : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउनसहित नेपाल भारत सीमा पूर्ण रुपमा बन्द गरेको छ । संक्रमण नियन्त्रण गर्नको लागि दुई देशको जनतालाई समेत आवत जावतमा प्रतिबन्ध समेत लगाइएको छ ।

लकडाउनमा अतिआवश्यक बस्तुको खरीद गर्ने खाद्यन्न, तरकारी तथा फलफुल र औषधी बाहेक सम्पूर्ण पसल व्यवसाय पूर्ण रुपमा बन्द गराईएको छ । लकडाउनलाई प्रभावकारी बनाउन स्थानिय प्रशासनले यहाँको सुरक्षा व्यवस्था कडाई गरेको छ ।

चोक चोकमा तैनाथ प्रहरीले आवश्यक काम बाहेक घर बाहिर निस्कनेको सवारी साधन नियन्त्रणमा लिने काम गरेको छ । संक्रमण फैल्न नदिनको लागि तोकिएको समय सीमामा खोलिएको खाद्यन्न तथा तरकारी पसलहरुमा भिडभाड नगर्न चेतावनी समेत दिएको छ ।

जिल्लामा खाद्यन्न लगायत अतिआवश्यक वस्तुको आपुर्ति समेत सहज बनाईएको स्थानिय प्रशासनले जनाएको छ । कालोबजारीमा पनि लगाम लगाउँन बेला बेलामा बजार अनुगमन गरी कालाबजारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको प्रकृया अगाडि बढाएको छ ।

गत बैशाख ३० गते एकैपल्ट ५७ जना कोरोना पोजेटिभ भेटिएपछि स्थानिय प्रशासनले लगाएको निषेधाज्ञाका कारण बैक तथा वित्तिय संस्था बन्द भएको थियो । पेट्रोलिय पदार्थ आपुर्ती गर्नको जम्मा गर्नुपर्ने भौचर निषेधाज्ञाका कारण जम्मा हुन नसक्दा समयमै पेट्रोलिय पदार्थ आयत नहुँदा केहि समस्या भएको थियो ।

आन्तरिक कारणले गर्दा दुईतीन दिन छिमेकी शहर भारतको रक्सौल स्थित रहेको आयल निगमको डिप्पोबाट पेट्रोलिय पदार्थ आयात गर्न सकिएको थिएन तर अहिले अवस्था समान्य भई सकेकोले निरन्तर ढुवानी भईरहेको नेपाल आयल निगम वीरगन्ज शाखाका प्रमुख राम कुमार न्यौपानेले बताए ।

निगमका शाखा प्रमुख न्यौपाने अनुसार, माग र खपतको अनुपातमै भारतबाट डिजेल, पेट्रोल र ग्याँसको सहज आयात भइरहेको छ । चैत ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन तथा सिमा बन्द भएको अवस्थामा पनि बिना कुनै रोकावट आयल निगमले निरन्तर पेट्रोलिय पदार्थ ढुवानी गरीरहेका छ । यसमा कुनै प्रकारको अवरोध सृजना भएको छैन ।

आयल निगम वीरगन्ज शाखाका प्रमुख न्यौपाने अनुसार चालु आर्थिक बर्षको चैत्र १० गतेदेखि जेष्ठ १० गतेसम्म भारतबाट पाईपलाईन, रक्सौल र बरौनी डिप्पोबाट ९० हजार केल अर्थात ९ ९ करोड लिटर डिजेल ० आयात गरीसकेको छौ । रक्सौल डिप्पोको क्षमता अनुसार माग बमोजिम पनि पेट्रोलिय पदार्थ आयात भारतीय आलय निगम डिप्पोले उपलब्ध गराउँदै आएको छ ।

बैशाख महिनामा मात्र पेट्रोल ६ हजार २२२ केल ९ २६ लाख २२ हजार लिटर ० र डिजेल २६ हजार १२० केल ९ २ करोड ६१ लाख २० हजार लिटर ० भित्रिएको छ । जेष्ठ महिनाको १० गते भित्र ६ पटक मात्र लोड गरिएको १४१ ट्यांकरमा २ हजार ६२० केल ९ २६ लाख २० हजार लिटर पट्रोल ० र ४१२ वटा ट्याक्टरमा ६ हजार ८४० केल ९ ६८ लाख ४० हजार लिटर डिजेल ० रक्सौल र बरौनीबाट आयात गरिएको उनले बताए ।

लकडाउनले बजार व्यवस्थापन गर्न शुरुका दिनहरुमा आयातीत बिन्दुहरुमा चेकजाँचले र कोरोनाको डरले गर्दा चालक र सहचालकलाई विश्वस्त गर्न नसक्दा केहि समस्या आएको थियो । तर अहिले आयात गर्नको लागि भारतीय आयल निगम कोरर्पोशनको तर्फबाट कुनै समस्या भएको छैन ।

केरोना भाइरसको त्रास तथा निषेधात्राका कारण दुईतिन दिन यता नेपाली बजारमा पेट्रोल, डिजेल र ग्यासको अभाव देखिएको थियो । तर नेपाल आयल निगमले भने माग र खपतको अनुपातमै भारतबाट इन्धनको आयात गरी रहेको उनले बताए ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखीममा नेपाललाई पनि राखेपछि त्यसैको अनुचित फाइदा उठाउन केहि व्यपारीले बजारमा पेट्रोलियम पदार्थ सहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना गर्न पनि सकेको हुन सक्छ । केहि दिन यता पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिँदै छ । ग्यास पनि नपाउँने भने हाला मात्र आएको थियो ।

तर १० दिनकै अवधीमा ग्याँस बोकेको ३ सय २५ वटा बुलेट गाडी वीरगन्ज नाका हुदै नेपाल भित्रिएको छ । ३ सय २५ बुलेट गाडीमा ५ हजार ७८६ केल ९ ५७ लाख ८६ हजार ७९० किलो एलपि ग्याँस ० भित्रिएको हो । चैत १० गतेदेखि ३० गतेसम्म मात्र १३ हजार ८ सय ६९ केल, बैशाख महिना सम्म १५ हजार ५ सय ६१ केल गरी कुल २९ हजार ४३० केल९ २ करोड ९४ लाख ३० हजार किलो खाना पकाउँने एलपी ग्याँस वीरगन्ज नाका हुदै नेपाल भित्रिएको आयल निगमले जनाएको छ ।

नेपालमा कुल खपत हुने इन्धनको ९० प्रतिशत इन्धन वीरगन्ज नाका हुँदै भारतबाट आयात हुने गरेको छ । आयल निगम वीरगन्ज शाखाका प्रमुख न्यौपानेले कोरोना संक्रमण वा अन्य कुनै विवादले भारतबाट इन्धनको आयातमा अहिलेसम्म कुनै असर नपरेको बताए । रक्सौल, बरौनी र पाईपलाईनबाट आयात गरिएको पेट्रोलिय पदार्थ वीरगन्ज, अमलेशगंज, पोखरा, थानकोट र जनकपुर डिप्पोको लागि आयात गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्