अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नजिक



काठमाडौं : अमेरिका कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। अमेरिकामा विश्वमै सबैभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

मृतकको संख्या पनि अमेरिकामै उच्च छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा १६ लाख ६७ हजार ४३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख ४६ हजार ९ सय २७ जना उपचारपछि स्वस्थ बनेका छन् भने ९८ हजार ६९१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्