अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नजिक



एजेन्सी : करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार २८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ८५ हजार १६७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ५१ हजार ५८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ३४ हजार २९७ जनामध्ये १७ हजार १३५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्