ब्राजिलमा ३ लाख ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ हजार ७१६ पुगेको छ ।

एकै दिन १६ हजार २२० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ६३ हजार ६१८ पुगेको छ ।

१ लाख ९० हजार ९९१ जनाको उपचार भइरहेको छ भने १ लाख ४९ हजार ९११ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्