इद उल फित्रले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने सभापति देउवाको विश्वास


काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गरेका छन ।

उनले शुभकामना सन्देशमार्फत पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका छन ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन । ‘इद उल फित्र’ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः आज (मंगलबार) मध्यान्ह साढे १२ बजेतिर मेलम्ची खानेपानी आयोजनाको मुहान टनेलको ढोका एक्कासि फुटेको

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा

काठमाडौं : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका

झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत

परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा

काठमाडौं– दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४

जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको