गौरीफन्टा नाकाबाट एक सातामा १२ हजार नेपाली नेपाल भित्रिए



कैलालीः भारतबाट एक सातामा कैलालीको गौरीफन्टा नाका भएर १२ हजार भन्दाबढि नेपाली नेपाल भित्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट फर्किएका १२ हजार नेपालीको उद्दार गरिएको हो ।

आईतबार गौरीफन्टा नाकाबाट ३ हजार ९ सय ६४ जनाको उद्दार गरिएको छ । प्रहरीका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट जेठ २ र ३ गते ९ सय ५०, जेठ ७ गते ८ सय ५८, जेठ ८ गते २ हजार ४ सय ९८, ९ गते २ हजार १४ जना र १० गते एक हजार ९ सय ५९ जनाको उद्धार गरिएको छ ।

उनीहरुलाई कोरोना परीक्षण बिना नै सम्बन्धीत स्थानीय तहको जिम्मा लगाईएको छ । स्थानियले भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्ने काम भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्