इरानलाई उछिल्दै भारत कोरानाबाट प्रभावित हुने देशको सुचीमा दशौं स्थानमा



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा ईरानलाई उछिन्दै भारत कोरानाबाट सर्वाधिक प्रभावित हुने देशको सुचीमा दशौं स्थानमा पुगेको छ।

दैनिक ठूलो संख्यामा संक्रमित हुने देशको सुचीमा भारतको नाम अझै अगाडि छ । पछिल्लो २४ घण्टामा भारतमा झन्डै ७ हजार नयाँकोरोना संक्रमित फेला परेका छन्।

तर कोरोनाबाट सर्वाधिक प्रभावित १० देशमध्ये सर्वाधिक कम मृत्यु हुनेमा भारत दोस्रोमा छ । १ लाख ३९ हजार जनामा कोरोना देखिनुका बाबजुद भारतमा अहिलेसम्म ४ हजार ०२४ जनाको मृत्यु भएको छ ।

मृतक संख्यालाई मात्रै आधार मान्ने हो भने भारत सुचीमा १३ औं स्थानमा आउँछ ।

प्रतिक्रिया दिनुहोस्