प्रदेश २ सरकारले तेश्रो पटक ल्याएको पीसीआर मेशिन सञ्चालनमा



जनकपुरधामः प्रदेश सरकारले खरिद गरेको २ वटा रियल टाईम मेशिन मध्ये जनकपुरको मेशिन आज (सोमबार) देखि सञ्चालनमा आएको छ ।

आज बिहान प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जनकपुरको कदमचोकस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा निर्माण गरिएको ल्यावको निरिक्षण पश्चात सो ल्याव संचालनमा आएको हो ।

आजदेखि सञ्चालनमा आएको उक्त मेशिनले एक लटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन लटसम्म जाँच हुने बताईएको छ ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहमति लिएर मर्मत सुधार सँगै आवश्यक पुर्वाधार निर्माण गरेर सामाजिक विकास मन्त्रालयले जनकपुरमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाईम पिसिआर प्रयोगशाला स्थापना गरी सञ्चालन ल्याएको हो ।

जनकपुरको मेशिन सञ्चालन भएलगत्तै प्राविधिक टोलि राजविराज तिर प्रस्थान गरेका छन् । राजविराजको पनि १-२ दिनमै सञ्चालनमा आउने बताईएको छ । निरिक्षणमा मन्त्री साहसँगै सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे,जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, स्वास्थ आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादव लगाायतको सहभागिता थियो ।

यस प्रदेश भित्र सञ्चालन हुने रियल टाईम पिसिआर ल्याव स्थापना र सञ्चालनका लागि आवश्यक सुझाव,प्राविधिक सहयोग र समन्वय तथा सहजिकरण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका पूर्व निर्देशक डा.राजकुमार महतोलाई विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो ।

मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्नपुर्व निर्देशक डा.महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र समेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्