होटललाई क्वारेन्टाइन बनाउन हान सहमत



काठमाडौं : होटल सङ्घ नेपाल (हान) ले होटललाई क्वरेण्टीन बनाउन सकिने जनाएको छ ।

हानले आज एक सुचना सार्वपनिक गर्दै होटलहरुको पूर्ण शुल्क र कोरोना रोकथामको मापदण्ड कायम गरेर होटललाई क्वरेण्टीन बनाउन सकिने जनाएको हो।

विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरुलाई क्वरेण्टीनको रुपमा उपयोग गर्ने निर्णय गरेमा होटल सङ्घसँग आबद्ध सदस्य होटलहरुबाट आवश्यक सहयोग जुटाउन राज्यसँगको समन्वयमा पहल गर्ने हानले जनाएको छ ।

हानले क्वरेण्टीनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेक इन पूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य जाँच गरी सङ्क्रमण नभएको यकिन हुने प्रमाण हुनुपर्ने शर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्