प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जना संक्रमित, प्रदेशभरिमा संक्रमितको संख्या २३५ पुग्यो



जनकपुरधामः प्रदेश २ मा सोमबारसम्म ८ हजार ६ सय १४ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाबको नमूना संकलन गरिएकोमा २ सय ३५ जनाको रिपोर्ट पोजेटिभ छ भने ६ हजार ४ सय २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

१ हजार ९ सय ५३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको १४ हजार ३ सय ३२ बेड क्षमताको २ सय ७८ वटा क्वारेन्टाइनमा १० हजार ६ सय ९७ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले ५ हजार ४ सय १४ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने ४ सय ८१ बेड क्षमताको आईसोलेसनमा १ सय ६४ जना भर्ना रहेको उनले बताए ।

सचिव घिमिरेका अनुसार प्रदेश २ मा सबैभन्दा बढि रौतहटमा ४ हजार ३ सय ३५ बेड क्षमताको ४३ वटा क्वारेन्टाइन रहेकोमा त्यहाँ अहिले ३ हजार ६९ जना छन् भने ३ हजार ३ सय १६ जना होम क्वारेन्टाइनमा छन् । रौतहटमा ६५ बेड क्षमताको आईसोलेसनमा अहिले १८ जना शंकास्पद बिरामी भर्ना रहेको बताइएको छ ।

त्यस्तै बारामा १ हजार २ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ८ सय १ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४६ वटा आईसोलेसन बेडमा अहिले २० जना शंकास्पद बिरामी भर्ना रहेको घिमिरेले जानकारी दिए । बारामा अहिले ६ सय ८९ जना होम क्वारेन्टाइनमा छन् ।

पर्सामा १ हजार २ सय ५६ बेड क्षमताको २९ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ६ सय ५३ जना क्वारेन्टाइनमा र ३ सय ७० जना होम क्वारेन्टाइनमा छन् । पर्साको बिभिन्न ठाउँमा रहेको १ सय ३३ बेडको आईसोलेसनमा अहिले ७२ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा १ हजार ७ सय २४ बेड क्षमताको ४७ वटा क्वारेन्टाइनमा अहिले १ हजार १ सय ८२ जनालाई निगरानीमा राखिएको छ भने ४ सय ८७ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा निर्माण गरिएको ६७ बेडको आईसोलेसनमा अहिले ८ जना शंकास्पद बिरामी भर्ना रहेको उनले बताए ।

सिरहामा १ हजार २ सय १ बेड क्षमताको ३१ वटा क्वारेन्टाइनमा अहिले ९ सय ७ जना छन् । त्यस जिल्लामा ४८ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

धनुषामा १ हजार १ सय २९ बेड क्षमताको २८ वटा क्वारेन्टाइनमा अहिले १ हजार ३४ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा ३ सय ४० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा ४० बेडको आइसोलेशन रहेकोमा त्यहाँ २८ जना बिरामीलाई राखिएको छ ।

त्यस्तै महोत्तरीमा १ हजार ८ सय ४९ बेड क्षमताको ४४ वटा क्वारेन्टाइन बनाइएको छ ।
त्यहाँ अहिले १ हजार ५ सय ५३ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने होम क्वारेन्टाइनमा १ सय ८२ जनालाई पठाइएको छ । महोत्तरीमा ३७ बेडको आईसोलेसन रहेकोमा अहिले ति आईसोलेशनमा ३ जना बिरामी भर्ना रहेको उनले बताए ।

सर्लाही जिल्लामा १ हजार ७ सय ३६ बेड क्षमताको ३९ वटा क्वारेन्टाइनमा अहिले १ हजार ४ सय ९८ जना रहेका छन् भने ३० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । ४५ वटा आईसोलेशन बेड निर्माण गरिएकोमा अहिले ति आईसोलेसनमा १२ जना बिरामी भर्ना रहेको बताइएको छ ।

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा रौतहटमा २६,बारामा २३,धनुषामा ३,सप्तरीमा २ र पर्सामा २ जना गरि कुल ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्