राष्ट्रपतिलाई प्रधानमन्त्रीले बुझाए नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७५र०७६ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले प्रतिवेदन पेस गरेका हुन् ।

समारोहमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्