प्रदेश २ः पछिल्लो २४ घण्टामा ५६ जना संक्रमित थपिए



जनकपुरधाम– प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जना संक्रमित थपिएका छन् । जसमध्ये रौतहटका २६,बाराका २३,धनुषाका ३,सप्तरीका २ र पर्साका २ जना व्यक्तिहरु रहेका छन् ।

सोमबारसम्म ८ हजार ६ सय १४ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएकोमा २ सय ३५ जना संक्रमित भएका छन् । भने ६ हजार ४ सय २८ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १ हजार ९ सय ५३ जनाको नतिजा आउन बाँकी रहेको छ ।

सप्तरीमा ६ सय ८१,सिरहामा ९ सय ६६,धनुषामा १ हजार ५ सय,महोत्तरीमा २ सय ६६, सर्लाहीमा २ सय ९६, रौतहटमा १ हजार ३ सय ९०, बारामा ७ सय ५८ र पर्सामा २ हजार ६ सय ८५ जना गरि कुल ८ हजार ६ सय १४ जनाको स्वाब संकलन गरिएकोमा सप्तरीमा १ सय ५४,सिरहामा २ सय २५, धनुषामा ४ सय ६६,महोत्तरीमा ५२, सर्लाहीमा ३४, रौतहटमा ५ सय १४, बारामा २ सय ५६ र पर्सामा २ सय ५२ गरि १ हजार ९ सय ५३ जनाको रिपोर्ट आउँन बाँकी छ ।

यस प्रदेशमा आज (सोमबार) मात्रै धनुषामा ४५,महोत्तरीमा २९,सर्लाहीमा ६०,रौतहटमा १ सय ७९,पर्सामा ४६ र सिरहामा १ गरी ३ सय ६० जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै यस प्रदेशमा अहिलेसम्म ६ हजार २ सय ३७ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६ हजार २ सय १७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

सप्तरीमा १ हजार १ सय ७५, सिरहामा ६ सय ६७, धनुषामा ५ सय १२,महोत्तरीमा ३ सय ३१, सर्लाहीमा १ सय ८०, रौतहटमा ७ सय ६, बारामा २ सय र पर्सामा २ हजार ४ सय ६६ जनाको आरडिटी परिक्षण गरिएकोमा सप्तरीमा ४, सिरहामा ४, धनुषामा ३,महोत्तरीमा ३, सर्लाहीमा २, बारामा १ र पर्सामा ३ गरि २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज (सोमबार) सप्तरीमा ३४,सिरहामा २० र महोत्तरीमा ४५ गरी कुल ९९ जनाको आरडिटी परिक्षण गरिएको छ ।

आरडिटी विधिबाट गरिएको परिक्षणमा सप्तरीमा १ हजार १ सय ७१, सिरहामा ६ सय ६३, धनुषामा ५ सय ९, महोत्तरीमा ३ सय २८, सर्लाहीमा १ सय ७८, रौतहटमा ७ सय ६, बारामा १ सय ९९ र पर्सामा २ हजार ४ सय ६३ गरि कुल ६ हजार २ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा संक्रमित २ सय ३५ मध्ये ९६ जना पर्साका,४९ जना रौतहटका,३६ जना बाराका, ११ जना धनुषाका,४ जना महोत्तरीका,३४ जना सर्लाहीका,१ जना सिरहाका र ४ जना सप्तरीका व्यक्ति छन् ।

पर्सा जिल्लामा पीसीआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका ४२ जना पुरुष र २ जना महिला गरि कुल ४४ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा एवं २१ पुरुष र ६ महिला गरि कुल २७ जनाको वीरगञ्ज महानगरपालिकास्थित गण्डक अस्पतालको आईशोलेसन कक्षमा राखि उपचार भईरहेको छ भने जनकपुरधामको प्रादेशिक अस्पताल परिसरमा अवस्थित नर्सिङ्ग क्याम्पसमा निर्माण गरिएको आईशोलेसन कक्षमा २ महिला र २२ पुरुष गरि कुल २४ जनाको उपचार भइरहेको छ । त्यस्तै सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको आईसोलेशन कक्षमा ४ जना संक्रमितलाई राखिएको छ ।

त्यस्तै रौतहटका १ महिला र १७ पुरुष गरि कुल १८ जना संक्रमितहरुलाई गौरमा तयार पारिएको कोविड लेभल १ को अस्पतालमा उपचार भइरहेको छ भने १२ जना संक्रमित पुरुषहरुलाई सर्लाहीको मलंगवास्थित अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आईसोलेशन कक्षमा राखिएको छ । त्यस्तै १२ पुरुष र १ महिला गरि कुल १३ जनाको बारा जिल्लास्थित कोरोना विशेष अस्पताल र १ जना पुरुषको सिरहास्थित महेन्द्र गेनाई अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

यस प्रदेशमा सप्तरीमा ८,सिरहामा ३,धनुषामा २८,महोत्तरीमा ३,सर्लाहीमा १२,रौतहटमा १८,बारामा २० र पर्सामा ७२ गरि कुल १ सय ६४ जनालाई आईसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्