राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीद्वारा प्रतिवेदन पेश



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७५/७६ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरका हुन् ।

समारोहमा राष्ट्रपति भण्डारी उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्