प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्