चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत झर्ने



काठमाडौं : सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ ।

मंगलबारको प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/०७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षका आर्थिक वृद्धिदर २.३ प्रतिशत झर्ने अनुमान रहेको जानकारी दिए ।

यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्