वैदेशिक रोजगारीमा ठगिएका युवाको साढे १४ करोड असुलउपर



काठमाडौं: वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेका युवालाई पीडकबाट ११ महिनामा १४ करोड रुपैयाँ असुल गराइएको छ। वैदेशिक रोजगारीका नाम परेका उजुरीविरुद्ध वर्षौंसम्म न्याय सम्पादन नभएपछि सरकारले कार्यदल बनाएर उजुरी फरफारक गर्ने नीति लिएको थियो।

गत वर्षको फागुनदेखि चालु वर्षको माघसम्म १४ करोड ६१ लाख ३९ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति दिलाइएको हो। यस अवधिमा संस्थागत (म्यानपावर कम्पनी)बाट ९ करोड ९९ लाख ५ सय ५० रुपैयाँ र व्यक्तिगत ठगीबाट ४ करोड ६१ लाख ४७ हजार ७५० रुपैयाँ बिगो भराएर पीडित युवालाई दिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्