नेपालको नयाँ नक्सा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने



काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको छ ।

विभागको अनुमति विना प्रकाशन, मुद्रण तथा बिक्री वितरण गरेको पाइएमा कानून विपरीत कर्य गर्ने गराउने उपर जग्गा ऐन २०१९को दफा १२ को उपदफा ५ बमोजिम कारबाही हुने व्यस्था गरिएको छ ।

यसका साथै सावर्जनिक भएको नयाँ नक्सा नापी विभागको वबेसाइट www.dos.gov.np बाट डाउनलोड गर्न सकिने छ । त्यसै गरी कुनै व्यक्ति वा संस्थालाई नक्सा आवश्यक भएमा नापी विभागबाट नयमअनुसार राजश्व बुझाई लिन सकिने व्यवस्था मिलाइएको नापी विभागले जनाएको छ ।

आज सूचना जारी गर्दै विभागबाट नक्सा डाउनलोड गरि वा अन्य कुनै पनि स्रोतबाट प्रप्त गरी स्वीकृत बिना व्यवसायीक रुपमा सो नक्सा हुबहु नक्कल गरि कुनै पनि माध्यम वा रुपबाट मुद्रण तथा बिक्री वितरण कार्य नर्गन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्