पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध !



एजेन्सी: पाकिस्तानका चर्चित कलाकारहरुलाई भारतमा प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ । फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज्, इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन लगायत २४ वटा फिल्म संघले आयोजना गरेर कार्यक्रममा सरोकारवालाहरुले  बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

भूषण कुमारको कम्पनी टि–सिरिजले यूट्युब च्यानलबाट सबै पाकिस्तानी गायक गीत हटाएको छ । टि–सिरिजले १५ फेब्रवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानले गाएको गीत ‘जिन्दगी’ लन्च गरेको थियो । कम्पनीले अहिले यूट्युव च्यानलका साथै अन्य सामाजिक सञ्जालमा भएको म्यूजिक भिडियो हटाएको छ ।

पुलवामा भएको आतंकवादी हमलाको बलिउड कलाकार सलमान खान, शाहरुख खान, प्रियंका चोपडा, आलिया भट्ट, अमिर खान, विकी कौशल, शबाना आजमी लगायतले निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्