संविधान संशोधन प्रस्ताव पेश हुँदै



काठमाडौं : आज बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदैछ । यसका लागि बुधबार दिउँसो २ बजे बैठक बस्दै छ ।

संसद बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा कानुन मन्त्री तुम्बाहाङ्फेले दर्ता गरेकी थिइन् ।

५ जेठमा बसेको मनित्रपरिषद बैठकले भारतीय अतिक्रमणमा परेको भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा पारित गरेको थियो ।

त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्