प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट किन हटाइयो संविधान संशोधन विधेयक



काठमाडौं : प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट संविधान संशोधन विधेयक पेश गर्ने विषय हटेको छ ।

बुधबार दिउँसो २ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने सम्भावित कार्यासूचीमा राखिएको थियो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले आज संविधान संशोधन गर्न लागिएको थियो ।

तर, बैठक शुरु हुनु केही घण्टा अगाडि उक्त विषय कार्यसूचीबाट हटाइएको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संविधान संशोधन विधेयक आजको कार्यसूचीबाट हटेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्