जेठ २१ गतेदेखि प्रदेश २ को चौथो अधिवेशन हुँदै



जनकपुरधाम: कोरोना महामारीकाबीच बजेट ल्याउनुपर्ने भएकोले प्रदेश २ को चौथो अधिवेशन सुरु हुन लागेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्मका लागि सेसन अन्त्य गरिएको र २१ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

बैठक हलमा सामाजिक दूरी कायम गरि तीन कुर्सीको बीचको कुर्सी खाली राखेर प्रदेशसभा सदस्यहरुलाई बस्नेगरी व्यवस्थापन समेत मिलाई सकिएको छ ।

असार १ गते निति तथा कार्यक्रम र त्यस लगत्तै बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभा बैठक बस्न लागेको हो ।

चौथो अधिवेशन सुरु हुनुअघि सभामुख, उपसभामुख सहति १ सय ७ जना प्रदेशसभा सदस्य र कर्मचारीहरुको जेठ १५ गते स्वाब परिक्षण गरिने र नतिजा आइसकेपछि २१ गते बैठक बस्ने निर्णय गरिएको मन्त्री यादवले द नेपालटपलाई बताए ।

प्रतिक्रिया दिनुहोस्