महतराउपर भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेडियो नेपालका तत्कालिन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्मचारी कल्याण कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले सोमबार महतराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले महतराउपर सात लाख ४० हजार ५२५ रुपैयाँको विगो मागदावी लिएको छ । 

छजना कर्मचारीको नाममा चारलाख ३० हजार रुपैयाँ सापटी रकम लिएर चेक आफै भजाइ सम्बन्धित कर्मचारीलाई नदिएको, कर्मचारी कल्याणकोषबाट दुईलाख ३१ हजार ७१८ रुपैयाँ सापटी लिएर फिर्ता नगरी त्यसको ब्जायसमेत नतिरेको पाइएपछि महतराविरुद्ध सात लाख ४० हजार ५२५ रुपैया विगो मागदावी लिई हदैसम्मको सजायको मागसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । 

 

प्रतिक्रिया दिनुहोस्