संविधान संशोधनको पक्षमा मतदान गर्ने राप्रपाको निर्णय



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको संविधान संशोधनको प्रयोजनका लागि संसदमा पेश भएको विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

राप्रपाका केन्द्रीय सचिवालय प्रमखुद्वय धुव्रबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

राप्रपाका त्रय अध्यक्षहरुको आज बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसद्‍मा पेस भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्