झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि



झापा : झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसो थपिएका संक्रमित मध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्