चलचित्र निर्माता संघद्वारा जस्तोसुकै परिस्थितिमा नेपाल सरकारको साथमा रहने प्रतिबद्धता



काठमाडौं : नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारि गरेको छ । नेपाल सरकारको यो कार्यलाई सम्पूर्ण नेपालीहरुले सकारात्मक कदम भन्दै स्वगत गरेका छन् । त्यस्तै नेपाल चलचित्र निर्माता संघले पनि नयाँ नक्सा जारि गरेको बिषयलाई लिएर स्वागत योग्य काम भनेको छ ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गरेका छन् । प्रेस विज्ञप्तीमा लेखिएको छ “नेपाल एक सार्बभौम सम्पन्न, स्वाधीन र विश्वकै पुरातन मध्येएक पूर्ण स्वतन्त्र मुलुक हो । स्वाधीनताको हाम्रो आफ्नो वेग्लै गौरवमय इतिहास रहेको छ । हामी आफ्नो स्वाधीनता र सार्वभौमिक्तालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठेरो परिस्थितिमा नेपाल सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौ ।” साथै विज्ञप्ति मार्फत नयाँ नक्सा जारि गरेकोमा नेपाल सरकार, प्रमुख प्रतिपक्षदल तथा बिभिन्न राजनीतिक दलहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्