सोमालियामा ९ जना चिकित्सकको हत्या



एजेन्सीः आतंककारी संगठन अल-कायदासँग आबद्ध अल-शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा ९ जना चिकित्सकको हत्या गरेको छ ।

स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।

सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल-शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ ।

इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल-शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्