बाँकेमा एक वडा अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि


काठमाडौंः बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं.८ का अध्यक्षमा कोराना संक्रमणको पुष्टि भएको छ ।

उनले भारतबाट फर्किएका आफ्नो गाउँपालिका मानिसहरूलाई गाडीमा उद्दार गरेर ल्याएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले रुपडिहा नाकाबाट केही दिन मानिसहरुलाई उद्दार गर्ने काम गर्दै आएका वडा अध्यक्षलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

ती वडाध्यक्षले सीमानाकामा रहेका आफ्नो गाउँपालिकाका मानिसहरुलाई गाडीमा उद्दार गरेर ल्याएका थिए । “गाउँपालिकाका नागरिकलाई घरसम्म ल्याउन गाडी चलाएर ल्याउने काम गर्नुभएको थियो”, उनले भने, “त्यसैक्रममा उनलाई संक्रमण भएको हुन सक्छ ।”

उनले आफूले उद्दार गरेर ल्याएकामध्ये केही युवामा संक्रमण पुष्टि भएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि दिएका थिए । १४ जेठ बेलुका ती वडाध्यक्षको कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएपछि वडा अध्यक्षलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ । वडा नं.८ का अध्यक्षमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी र कर्मचारीहरू क्वारेन्टाइनमा बसेका छन् ।

गाउँपालिकाका अध्यक्षसहितका कर्मचारी गाउँपालिकाकै क्वारेन्टाइनमा बसेका छन् भने कोही होम क्वारेन्टाइनमा बसेका छन् । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले संक्रमित वडाध्यक्षसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना संकलनको तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल

काठमाडौं– सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा

काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

काठमाडौँ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्

काठमाडौं : भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक

काठमाडौं : सरकारले बुधबारदेखि ६ मुलुकमा तेस्रो पटक थप ४२ चार्टर उडान गर्ने भएको छ

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग