सुनचाँदी व्यवसायीको कोरोना बीमा



बुटवलः सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ ।

बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ ।

संघका अध्यक्ष दीपककुमार विकले शिखर इन्सोरेन्समार्फत कुल १ करोड ९३ लाख बराबरको बीमा गरिएको जानकारी दिए ।कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा व्यवसायीले तोकिएको

बीमाङ्क रकम प्राप्त गर्ने छन् । बीमाको अवधि एक वर्ष छ । संघले आफ्ना व्यवसायीको स्वास्थ्य स’रक्षामा ध्यान दिँदै कोरोना संक्रमणप्रति सचेत हुन र व्यवसाय सञ्चालनका क्रममा जीवन रक्षाका उपाय अवलम्बन गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ ।

संघले यसअघि सुनचाँदी पसलमा कार्यरत करीब २ सय कालिगढलाई राहतस्वरुप खाद्य पदार्थ वितरण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्