कति जिल्लामा फैलियो कोरोना?



काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५२ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५२ जिल्लामा कोरोना भाइरस संक्रमित मानिस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज म्याग्दी जिल्लामा कोरोना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म १२१२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्