संविधान संशोधन प्रस्तावमा जनता समाजवादीले सरकारलाई समर्थन नगर्ने



काठमाडौं : जनता समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावमा सरकारलाई समर्थन नगर्ने भएको छ ।

संविधान संशोधन सम्बन्धि छुट्टै प्रस्ताव दर्ता सिंहदरबारस्थित संघीय संसदको सचिवालय पुगेका जनता समाजवादीका नेताहरुले संविधान संशोधन प्रस्तावमा सरकारलाई समर्थन नगर्ने भएको हो ।

संविधान संशोधन सम्बन्धि छुट्टै प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएपछि जनता समाजवादीले यस्तो निष्कर्ष निकालेको हो ।

आफ्नो विधेय दर्ता नभएपछि जनता समाजवादीले सरकारले संविधान संशोधन प्रस्तावमा समर्थन गर्न नसकिने बताएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादीका नेता महन्थ ठाकुराले यसले भारतसँगको सीमा विवादमा दलहरु पराजीत हुने खतरा देखिएको बताएका छन् ।

गैरसरकारी विधेयक दर्ता जनता समाजवादीका नेताहरु शुक्रबार संसद सचिवालय पुगेपनि संसद सचिवालयले दर्ता गर्न मानेन् ।

गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुर, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण लगायतका शुक्रबार संसद सचिवालय पुगेको थिए ।

मधेशमा माग पनि नयाँ नक्सा सम्बन्धि संविधान संशोधन प्रस्तावसँगै लिएर जानुपर्ने जनता समाजवादी पार्टीको माग छ ।

आफ्नो संशोधन प्रस्ताव दर्ता नभएपछि जनता समाजवादीका नेता महन्थ ठाकुरले आक्रोश व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

विधेयक दर्ता नभए सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा समर्थन गर्न नसकिने जनता समाजवादीको भनाई छ ।

दर्ता गर्न चाहेको संविधान संशोधन विधेयक भाषा, वैवाहिक, अंगिक्रित नागरिक, प्रदेश सीमाकंन र राष्ट्रियसभामा प्रतिनिधि छान्ने विषयसम्म समावेश छन् ।

सरकारले नयाँ नक्सा अनुसार नेपालको निशान छाप संशोधन गर्नका लागि संविधान संशोधन दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्