पर्सा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि



वीरगन्जः पर्सामा थप पाँच जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । पर्साको पर्टेवा सुगौली गाउँपालिकाका २२ बर्षिय २ जना, २५ बर्षिय २ जना र ३६ बर्षिय १ जना गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी गराए ।

भारतको विभन्न प्रदेशबाट नेपाल फर्केका उनीहरुलाई गाउँपालिकाकै क्वारेन्टाईनमा राखी पीसीआर परिक्षणको लागि स्वाबः संकलन गरिएको थियो । नारायणी अस्पतालमा रहेको पीसीआर मेसिनमा संकलन गरिएको स्वाब परिक्षण हुदाँ शनिबार साझ पाँचै जनाको रिपोर्ट पोजेभिट आएको उनले बताए ।

गाउँपालिकाको क्वारेन्टाईनमै बसेका पाँचै जनाको रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि वीरगन्जका ल्याउँन तयारी भईरहेको सहायक प्रजिअ बस्नेतले बताए ।

उनले भने, रिपोर्ट पोजेटिभ आएको छ, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. मदन कुमार उपाध्याय संग समन्वय गरेर एम्बुलेन्स पठाएर उनीहरुलाई वीरगन्ज गण्डक स्थित रहेको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिने छ ।

यसअघि आज बिहान पनि एक महिला सहित २ जनामा कोरोना संक्रमण भेटिएको थियो । सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएकी ६० वर्षिया महिला र वडा नम्बर २ का १८ वर्षीय युवकमा कोरोना सक्रमण भेटिएको पुष्टि भएको हो ।

सखुवा प्रसौनी गाँउपालिकाको औराहा पन्चगावास्थित दिपनारायण उच्च माविको क्वारेन्टाइनमा क्वारेन्टाइनमा रहेका ५० जनाको स्वाब संकलन गरि वीरगन्जको प्रयोगशालामा पीसीआर जाँच गरिएको थियो । तीमध्ये शनिबार बिहान २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु जेष्ठ १३ गते भारतको मुम्बर र उत्तर प्रदेशबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्