नर्भिक अस्पतालमा उपचार गराइरहेकी महिलामा कोरोना संक्रमण भएको पुष्टि



काठमाडौं : काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेकी एक महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

सोमबार नर्भिक अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त महिलामा कोरोना पुष्टि भएपछि उनलाई पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्