रुपन्देहीलाई एक रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा



कैलाली : धनगढी प्रिमियर लिग डिपिएलमा रुपन्देहीलाई एक रनले पराजित गर्दै महेन्द्रनगर युनाईटेड क्वालिफायर्समा प्रवेश गरेको छ । 

बिहीबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरले रुपन्देहीलाई एक रनले पराजित गरेको हो । अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौँको सामना गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि कप्तान शरद भेषवाकरले २९, सूर्वमन्यु आनन्दले २०, अमरसिंह रौटेलाले १९, मोहमद नाविदले १८ तथा आरिफ शेख र अविनाश बोहराले १/१ विकेट लिए । 

रुपन्देहीका ललितसिह भण्डारीले चार, पुनित मेहराले तीन तथा बसन्त रेग्मीले दुई विकेट लिए । ११६ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको रुपन्देही २० ओभरमा नौ विकेट गुमाउँदै ११४ रनमा समेटियो । रुपन्देहीका लागि बाबर हयात र प्रदिप ऐरी २८/२८, विनोद भण्डारीले २३, सन्दीप सुनारले १४ र सुमित महर्जनले १० रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।

महेन्द्रनगरलाई जिताउने क्रममा अविनास बोहराले दुई तथा मोहमद नाविद, सिद्धान्त लोहनी र सागर ढकालले समान १/१ विकेट लिए । 

रुपन्देहीलाई अन्तिम ओभरमा पाँच रन आवश्यक भएकोमा उसले तीन विकेट गुमाउँदै तीन रन मात्रै बनाउन सक्यो । खेलका म्यान अफ द म्याच महेन्द्रनगरका अविनाश बोहरा भए । 

प्रतिक्रिया दिनुहोस्