रातको समयमा सुन पसल चोरी गर्ने तीन पक्राउ



काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखराका १७ बर्षीय मिलन तामाङ, नुवाकोट तारकेश्वरका ३१ बर्षीय प्रेम तामाङ र चोरीको सामान खरिद गर्ने अभियोगमा भारत मोतिहारी सुगौलीका २५ वर्षीय ऋषि मुनि कुमार रहेको प्रहरीले जानकारी दिएको छ ।

अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गत ६ गते रातीको समयमा का.जि. का.म.न.पा. सरकारीधारा स्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडी प्रवेश गरि पसल भित्र रहेको बिभिन्न सुन तथा चाँदिका गर गहना समेत गरि अन्दाजी दुई लाख तेईस हजार सात सय बिस बराबरको धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेकाले उनीहरू पक्राउ परेका हुन् ।

आवश्यक कारबाहिको लागी महानगरीय प्रहरी बृत्त लैनचौरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्