ज्येष्ठ नागरिकलाई घरमै भत्ता


काठमाडौं : लकडाउनका कारण काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमानै पुगी भत्ता वितरणको व्यवस्था गरेको छ ।

धेरैलाई वडा कार्यालय बोलाएर भत्ता वितरण गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सुरक्षा अपनाएर जनप्रतिनिधिले घरमानै भत्ता दिने व्यवस्था गरेका हुन ।

कामपाको ३२ वडामा स्थायी बसोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुषलाई घरमै भत्ता प्रदान गरिँदै आएको छ । यस्ता वरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् ।

महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि अहिले विशेष भत्ता घरमै पु¥याउने र र त्यसका लागि वडालाई रकम निकासा गरिएको छ । केही वडाले वितरण शुरु गरेका र केहीले तत्कालै शुरु गर्ने तयारीमा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

भत्ता वितरणको लागि कामपाले रु ११ करोड ६ लाख १७ हजार निकासा गरेको छ । अघिल्लो वर्ष ५ हजार ६ सय २१ महिला र १ हजार ९ सय ३६ पुरुष गरी ७ हजार ९ सय ५७ जनालाई कामपाले विषेश भत्ता उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः आज (मंगलबार) मध्यान्ह साढे १२ बजेतिर मेलम्ची खानेपानी आयोजनाको मुहान टनेलको ढोका एक्कासि फुटेको

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा

काठमाडौं : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका

झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत

परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा

काठमाडौं– दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४

जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको