राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु


काठमाडौंः पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ ।

आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ । टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो ।

पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन् । “दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो”, नवराजका बुवा मुनलाल विकले भने, “हत्यारालाई कारवाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाऊन् ।”

स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिए । उनले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै भने,“हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढङ्गले नियालिरहेका छाँै । यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौँ । स्थलगत अध्ययनपछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पार्छौँ । सरकारलाई दिन्छौँ । हाम्रो खबरदारी निरन्तर जारी रहने छ ।” यसअघि पनि आयोगलाई रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक