रौतहटमा थप ७४ जनामा कोरोना पुष्टि



रौतहट : रौतहटमा मंगलबार थप ७४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै केहीदिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार गौर नगरपालीकामा १३, दुर्गाभगवती गाउँपालिकामा १४, राजपुर नगरपालिकामा २१, गढिमाई नगरपालिकामा १, परोहामा ४, राजदेवीमा १८, यमुनामाइमा ३ जनामा संक्रमण देखिएको हो ।

योसँगै रौतहटमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ । तीनजना निको भएर घर फर्केका छन् ।

काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३६ र धुलिखेलमा गरएिको परीक्षण्मा ३८ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरले जनाए ।

संक्रमितहरु भारतको दिल्ली, मुम्बई, केरला, हरियाणालगायतका स्थानमा काम गर्न गएका थिए । पछिल्लो समय भारतमा लकडाउन खुकुलो भएपछि उनीहरु नेपाल फर्किएका हुन् । अहिले भारतबाट फर्केका झण्डै ८ हजारजना जिल्लाका क्वारेन्टाइनमा छन् ।

‘संक्रमण देखिएकाहरु सबैको स्वास्थ्य अवस्था समान्य छ । संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रजिअ घिमिरले बताए ।

प्रतिक्रिया दिनुहोस्