इन्स्टाग्राम ह्याक भएपछि ईशा गुप्ताले सेयर गरिन् यस्तो तस्बिर



एजेन्सी : सामाजिक सञ्जालमा निकै नै सक्रिया बलिउड अभिनेत्री ईशा गुप्ताले आफ्नो इन्स्टाग्रामबाट पुराना सबै पोस्ट् हटाएकी छिन् । उनले अघिल्लो हप्ता तीन दिनमा थुप्रैपटक एकाउन्ट ह्याक भएपछि उनले सबै पोस्ट् डिलिट गरेकी हुन् ।

‘जन्नत –२’ बाट बलिउडमा डेब्यु गरेकी गुप्ताले पुनः निकै नै बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् ।

मिलियन फलोअर्स भएको इन्स्टाग्राममा भएको सबै पोस्ट् हटाएर प्रशंसकहरुलाई चकित बताएकी गुप्ताले सेयर गरेको उक्त तस्बिर निकै भाइरल भएको छ ।

View this post on Instagram

?

A post shared by Esha Gupta (@egupta) on

साथै, उनलाई उनका प्रशंसकहरुले पोस्ट् डिलिट गर्नुपर्ने कारण सोधिरहेका छन् । उनले जवाफमा आफू ठिक भएको र आफ्ना पुराना पोस्ट्हरु पुनः ल्याउने कोसिस गरिरहेको बताइन् । उनले आफ्नो एकाउन्ट ह्याक भएको समेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्