एन्फा अध्यक्ष शेर्पाले मागे माफी



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् ।

बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै एन्फा अध्यक्ष शेर्पाले कुनैपनि भाषा, वर्ग, धर्म, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने अभिप्राय नभएको भन्दै आफ्नो शब्दावलीबाट चोट पुगेमा माफी मागेका हुन् ।

उनले तराईका समुदायमाथि राष्ट्रियताको प्रश्न गर्ने आफ्नो मनसाय नभएको पनि बताएका छन् । शेर्पा एक अनलाईनलाई दिएको भिडियो अन्तरवार्तामा तराईका समुदाय लक्षित टिप्पणी गरेको भन्दै विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्